गहना लुटपाट गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ



बझाङ : महिलाको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थलारा गाँउपालिका–६ का प्रेम कठायत र सौरभ चौहान रहेका छन्। सोमबार बेलुका थलारा गाँउपालिका–५, हाट घर भएकी २२ वर्षीया विमला ओलीको गहना लुटपाट गरी हत्याको प्रयास गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताए।

लुटपाटपछि दुवै जनाले उनको घाँटीमा टिनको पाता तथा रेडबुलको क्यानले रेटेर मार्ने प्रयास गरेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेले बताए। उनीहरूले दिदीलाई पुर्‍याउन आएकी विमला ओलीकी १३ वर्षीया बहिनी सुलोचना ओलीलाई समेत हातपात गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्