महोत्तरीबाट स्रोत नखुलेको २१ लाखसहित सुरेन्द्र ठाकुरलाई पक्राउ



महोत्तरी : महोत्तरीबाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको २१ लाख २२ हजारसहित एक जनालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले मटिहानी नगरपालिका ९ हनुमानज चोकबाट महोत्तरी गाउँपालिका १ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुरलाई पक्राउ गरेको हो । 

हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका ठाकुरलाई सशस्त्रको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । 

पक्राउ परेका ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्