यस्तो छ बालेनको पहिलो नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन ।

उनले आफ्नो नीति तथा कार्यक्रममा चुनावअघि गरेका प्रतिवद्धताहरुलाई स्थान दिएका छन भने अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेटेका छन ।

‘सांस्कृतिक सहर समृद्ध महानगर’ को नारा महानगरको नीति कार्यक्रममा अघि सारिएको छ । काठमाडौंको फोहोर व्यवस्थापन नै महानगरको प्रस्थानविन्दू बनेको नीति कार्यक्रममा उल्लेख छ । संस्कृति र सम्पदाको जगेर्नालाई नीति कार्यक्रमले जोड दिएको छ ।

नीति तथा कार्यक्रमका पाँच रणनीति र उद्देश्य यस्ता छन : 

१. काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने,

२. आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने,

३. सांस्कृतिक पर्यटन, नव प्रवर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम सञ्चालन गर्ने,

४. स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने,

५. काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने

विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पूर्ण पाठ : 

प्रतिक्रिया दिनुहोस्