बझाङको जयपृथ्वी नगरपालिका बन्यो पूर्ण खोप सुनिश्चित



बझाङ । बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

वडा नम्बर १ देखि ११ सम्मका सबै २३ महिनामुनिका बालबालिकाहरूले सबै खोप प्राप्त गरिसकेपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिंहले बतएका छन ।

कामको सिलसिलामा विदेश जानेको सङ्ख्या धेरै भएकाले उनीहरूका छोराछोरी छुटेको आशङ्का गरिएको उनीहरूलाई पनि खोप दिन आवश्यक रहेको नगरपालिकाका मेयर चेतराज बजालले बताए । बालबालिकाहरू खोजी–खोजी खोप लगाउने स्वास्थ्यकर्मीलाई उनले धन्यवाद दिएका छन ।

सरकारको नियमित कार्यक्रमअन्तर्गत नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । नगरपालिकाभित्रका जन्मेदेखि १५ महिनाभित्रका तीन सय नौ र १५ महिनादेखि २३ महिनाभित्रका तीन सय १६ जना बालबालिकाले खोप पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्