महिलाहरूको यस्ता बानीले टुट्न सक्छ वैवाहिक सम्बन्ध



जुन वैवाहिक सम्बन्धमा स्थिरताको अभाव हुन्छ त्यसमा थुप्रै किसिमका समस्याहरू हुन्छन् । अस्थिरताको कारण कतिपय अवस्थामा पुरुष हुन्छन् भने कतिपय अवस्थामा महिलाहरू हुने गर्छन् अर्थात् वैवाहिक सम्बन्ध बिग्रनु वा अन्त्य हुनुमा महिलापुरुष दुवैको उत्तिकै दोष हुन्छ ।

महिलाको सन्दर्भमा कुरा गर्दा त्यस्ता केही आधारभूत कुरा छन् जसअनुसार महिलाले वैवाहिक सम्बन्ध अन्त्य गराउन सक्छन् । महिलाबाट हुने केही त्यस्ता गल्तीको उल्लेख गरिएको छ जसका कारण वैवाहिक सम्बन्ध अन्त्य हुन्छ वा अन्त्य हुने विन्दुमा पुग्छ ।

अस्वाभाविक अपेक्षा

विवाहपछि श्रीमतीलाई विशेष गरी दुई प्रकारको अपेक्षा हुन्छ- एउटा तार्किक एवं यथार्थपरक अनि अर्कोचाहिँ तर्कहीन एवं अस्वाभाविक । श्रीमतीमा अस्वाभाविक एवं अवास्तविक अपेक्षा छ भने त्यसले वैवाहिक सम्बन्धलाई अन्त्यतर्फ उक्मुख गराउँछ ।

कुनै पनि व्यक्ति आफैंमा पूर्ण हुँदैन, हरेकका सीमा हुन्छन् । कुनै एक व्यक्तिबाट पूर्णताको अपेक्षा गर्नु वा अस्वाभाविक अपेक्षा गर्नु र उसले त्यो पूरा गर्न सकेन भनेर गुनासो गर्नुले वैवाहिक सम्बन्धलाई खतरनाक मोडमा पुर्‍याइदिन्छ जहाँ जुनसकै समयमा दुर्घटना हुनसक्छ । श्रीमानले आफ्नो अपेक्षा पूरा गरेन भनेर रिसाउनुको साटो सँगै बसेर छलफल गरी त्यो पूरा गर्न सकिने खालको हो वा होइन भन्ने निक्र्यौल गर्नुपर्छ । अनि त्यसलाई पूरा गर्न कसरी सकिन्छ भन्नेतर्फ आइडिया सेयर गर्नुपर्छ । साथै त्यो उडन्ते खालको होइन भन्ने कुराको सुनिश्चितता गर्नुपर्छ । 

श्रीमानले आफूलाई हरेक समय खुसी राखोस् भनेर अपेक्षा राख्नु पनि मूर्खता सिवाय केही होइन, किनभने खुसी अरूले दिने नभई आफैंभित्र खोजिने कुरा हो । जबसम्म आफू खुसी हुन सकिँदैन, अरू कसैले पनि खुसी तुल्याउन सक्दैन । श्रीमानबाट अनन्त खुसीको कामना गर्नु भनेको श्रीमानलाई असफलताको बाटोमा धकेल्नु हो, आफूलाई निराशाको मार्गमा डोर्‍याउनु हो ।

नकारात्मक एवं व्यङ्ग्यात्मक अभिव्यक्ति

श्रीमानलाई चोट पुर्‍याउने उद्देश्यले व्यङ्ग्य गर्नु, नकारात्मक टिप्पणी गर्नु वा हरहमेशा निचो देखाउने गर्नाले वैवाहिक सम्बन्ध धरापमा पर्छ । यस्तो गर्नाले श्रीमानलाई आफू अपमानित भएको महसुस हुन्छ र श्रीमतीले आफ्नो विचारको सम्मान गर्दिनन् भन्ने पर्छ । अनि श्रीमान श्रीमतीको वैकल्पिक सम्बन्ध खोज्न थाल्छन् । आप्mनो स्वाभिमानमा पुर्‍याएको चोटबाट पीडित पुरुषले श्रीमतीप्रति कहिल्यै पनि राम्रो धारणा बनाउन सक्दैनन् । यस्तो सम्बन्ध ढिलोचाँडो विच्छेद हुन्छ ।

आफ्नो अनुहारको भावबाट श्रीमानप्रति अनादर दर्शाउनु हुँदैन । श्रीमानप्रति कुनै गुनासो भए त्यो कुरा सीधा रूपले भन्नुपर्छ, व्यवहारमा घृणा देखाएर तथा अनादर गरेर सम्बन्धको गाडी अघि बढाउन सम्भव हुँदैन । आपसी समस्यालाई छलफलका माध्यमबाट समाधान गर्नु समझदारीको मार्ग हो । सजिलै समाधान हुनसक्ने समस्यालाई जटिल बनाउनु तथा परिस्थितिको विचारै नगरी सदैव आकर्षणको केन्द्र बनिरहने प्रयास गर्नुले सम्बन्ध बिगार्ने बाहेक केही गर्दैन ।

श्रीमानसँग अन्तरंग सम्बन्ध नहुनु

कतिपय अवस्थामा श्रीमतीले अन्तरंग सम्बन्ध कायम राख्न असहमति जनाउँदा पनि सम्बन्धमा खलल पुग्नसक्छ । श्रीमानलाई तड्पाउने उद्देश्यले अथवा समस्या परेका बाहेक अन्य कारणले यौनसम्बन्ध नगाँस्दा श्रीमानमा छटपटी पैदा हुन्छ । उसको पुरुष अहंमा चोट पुग्छ, यौनेच्छा पूरा नहुँदा विकल्पको खोजी गर्न थाल्छ । फलतः सम्बन्ध अन्त्यतर्फ उन्मुख हुन्छ ।

श्रीमतीले श्रीमानको यौनइच्छा पूरा गर्न सहयोग नगरेको अवस्थामा उसलाई श्रीमतीले आफ्नो इच्छाको सम्मान नगरेको भान हुन थाल्छ । फलस्वरूप श्रीमान पनि श्रीमतीबाट टाढिन थाल्छ र अन्तमा वैवाहिक सम्बन्ध नै सकिन्छ ।

आफ्नो श्रीमानसँगग खुसी नहुनु

श्रीमतीले आफू श्रीमानसँग खुसी हुन नसकेको कुरा हरेक दिन, हरेक पल व्यवहारमा प्रदर्शित गर्न थालेको खण्डमा वैवाहिक सम्बन्ध सकिएको मान्दा हुन्छ । श्रीमानसँग खुसी हुन नसकेकोमा उसमाथि सारा दोष थोपरेर आफूचाहिँ सर्वगुण सम्पन्न एवं दोषरहित छु भन्ने खालको व्यवहार श्रीमतीले देखाउन थालेपछि वैवाहिक सम्बन्ध विच्छेद हुनबाट कसैले रोक्न सक्दैन । आफ्ना सम्पूर्ण समस्याको जड श्रीमानलाई मान्ने श्रीमतीको बानीले सम्बन्ध जोगिन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बाँके : नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ । सुर्खेतरोडमा शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध

चितवन : चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । आज दिनभर जिल्ला

काठमाडौं : नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने

काठमाडौं : सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना

चितवन : भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौं : राजनीतिक विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिकाको तेस्रो नगरसभाले अन्ततः राजनीतिक सहमति जुटाउँदै बजेट,

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र

अमेरिका : अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ । अमेरिकाको ब्रायस कन्योन

अमेरिका : सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको

एजेन्सी : पछिल्लो समय अमेरिकाले इरान, त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने