फेरि ह्वात्तै बढ्यो सुनको भाउ, मूल्यमा नयाँ कीर्तिमान



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । 

यसैक्रममा बुधबार पनि सुनको मूल्य उकालो लागेको छ । बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर सुन तोलाको ६९ हजार ५ सय रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । 

अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको महासंघ अन्तर्गत मूल्य निर्धारण समितिले जनाएको छ । समिति संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस १५ सय डलरसम्म पुग्ने अनुमान छ । 

सुनमा लगानीकर्ताको आकर्षण बढेसँगै भाउ महंगो भएको हो । यसैबीच भाउ महंगो भएपछि सुनको कारोबार ठप्प जस्तै भएको छ । 

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ  निर्धारण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्