२५ वर्षपछि पुन:रिलिज हुँदैछ दुनियाँलाई चकित पार्ने जेल जीवनको यो फिल्म



एजेन्सी : सुपरहिट हलिउड फिल्म ‘द शशांक रेडिम्प्सन’ रिलिजको २५ वर्ष पुगेको अवसरमा पुनः रिलिज हुने भएको छ। टिम रबिन्स र मोर्गन फ्रीम्यान स्टारर यो फिल्म सन् १९९४ मा रिलिज गरिएको थियो।

ओस्कार नोमिनेटेड यो फिल्म जेलभित्र छायांकन गरिएको थियो। फिल्मलाई जेल जीवनमा आधारित रहेर बनेका हालसम्मका फिल्ममध्ये उत्कृष्टमा एक मानिन्छ। फिल्म रिलिजसँगै छायांकन गर्दाका केही स्मरणीय झलक पनि देखाइने भएको छ।

बक्स अफिसमा धूम मच्चाउन सफल यो फिल्म अझै पनि विश्वकै उत्कृष्ट फिल्मको लिस्टमा अटाउँछ। फिल्मले १६ मिलियन अमेरिकी डलरभन्दा पनि बढी कमाइ गरेको थियो।

फिल्ममा एक निर्दोष पुरुष जेलमा परेपछि हुने घटनाक्रमलाई देखाइएको छ। उक्त कैदीको जेलमा अर्का एक कैदीसँग भेट हुन्छ। जेलमै कैयन् वर्ष बिताउनुपरेको कथालाई फिल्ममा देखाइएको छ।

फिल्ममा जेलभित्र हुने शोषण, अपराध र भ्रष्टाचारलाई देखाइएको छ। अभिनय र कथाका हिसाबले पनि यो फिल्मले चौतर्फी तारिफ पाउनुका साथै अहिले पनि चर्चा छ।

प्रतिक्रिया दिनुहोस्