धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या



सर्लाही । सर्लाहीको कविलासी नगरपालिका ८ मा एक व्यक्तिको हत्या भएको छ । सोही ठाउँ बस्ने २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनको गएराती धारिलो हत्यार प्रयोग गरि हत्या गरिएको प्रहरीले जनाएको छ । उनको शव बाटैभरी रगत लतपतिएको अवस्थामा फेला परेको छ । प्रहरीले अहिले घटनास्थललाई घेरा हालेर घटनाको गहिरो अनुसन्धान गरिरहेको छ ।

ठाकुरको किन र कस्ले हत्या ग¥यो भनेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्याको विषयमा विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्