नुवाकोट : तिहारमा देउसी खेल्न गएका नुवाकोट लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन्। उनीहरु बुधबारदेखि बेपत्ता थिए ।
लिखु गाउँपालिका ३ पट्टावारीका बालिका बेपत्ता भएका हुन् । सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोजी गरिदिन परिवारले प्रहरीमा जाहेरी दिएका थिए।