गगन थापाको क्षेत्रमा इञ्जिनियर पोखरेलले गरे स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सांसद रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा इञ्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । परिवर्तन जरुरी रहेको बताउँदै आफू मैदानमा आएको पोखरेलले बताएका छन् ।

मंगलबार उम्मेदवारी घोषणा गर्दै उनले भने,परिवर्तन जरुरी छ, अब पर्खिन सकिँदैन,अहिलेको अवस्थालाई परिवर्तन गर्न सक्छौं, पर्खिनु विकल्प हुँदै होइन ।

उनले गणितको जित-हारलाई आफूले महत्त्व नदिएको बताउँदै राजनीतिक विजयका लागि मैदानमा आएको बताएका छन्। उनलाई नेपाली फिल्मका चर्चित अभिनेता आर्यन सिग्देललगायतले समर्थन गरेका छन् ।

पोखरेलको भिजन आफूलाई मन परेकाले समर्थन गरेको उनले बताएका छन् । सिग्देलले भने, उहाँको उद्देश्य देखेर उत्साहित हुँदै आज कार्यक्रममा आएको हुँ। देशभरिका युवामा यस्तै उत्साह देखियोस् ।

प्रतिक्रिया दिनुहोस्