कैलालीको अत्तरियामा एक पुरुष मृत फेला



अत्तरिया : कैलालीकाे अत्तरियामा अाइतबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिका–४ खैरानामा गोदावरी नगरपालिका–२ का ५० वर्षीय लालबहादुर विक मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले शव देखेपछि ईलाका प्रहरी कार्यालय मालाखेतीलार्इ खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्