विराटनगरका जितेन्द्र रायलाई मार्न भारतीय ‘कन्ट्रयाक्ट किलर’, तीन पक्राउ



काठमाडौं : नेपाली व्यक्तिको हत्या गर्न नेपाल आएका भारतीय समूहको योजना असफल भएको छ । 

विराटनगर ८ बस्दै आएका जितेन्द्र रायको हत्या गर्न भारतीयबाट परिचालित भएको तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा सर्लाहीका हरिनारायण झा, भारत सीतामढी बस्ने राकेश झा र अर्का एक जना रहेका छन् । पक्राउ परेको तीनै जना तीन महिनादेखि रायको हत्याका लागि परिचालित भएका थिए ।

मोरङ प्रहरका अनुसार रायलाई मार्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक कुनाल कुमारलाई गत जेठ २७ मा दुई थान स्वचालित पेस्तोलसहित पक्राउ परेका थिए । सो क्रममा प्रहरीले उनको साथबाट चार थान म्यागजिन र आठ राउन्ड गोली बरामद गरेको थियो । 

कुनाल आफ्ना साथी राजकुमारसँगै नेपाल आएका थिए ।

उनीहरुले नै रायको हत्या गर्ने योजनाअनुसार हरिनारायण झा र राकेश झालाई परिचालन गरेको डीएसपी राजकुमार खिउजुले जानकारी दिए । 

पक्राउ परेका राजकुमारसँगै दुवै जनालाई जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले पेस गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध हातहतियार तथा खर खजाना ऐन तथा संगठित अपारध ऐनअन्तर्गत मुद्दा चलाइने डीएसपी खिउजुले बताए । 

प्रतिक्रिया दिनुहोस्