प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो



जनकपुरधाम : प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवा सम्बन्धी विधेयक बुधबार सभाबाट पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्न सक्ने छन् ।

गत जेठ १२ जेठमा टेबल भएको विधेयक प्रदेशसभामा पेश भएपछि सैद्वान्तिक छलफल पश्चित चार सांसद रहेको विशेष समितिमा पठाइएको थियो । समितिबाट विधेयकलाई संशोधनसहित प्रदेशसभामा मंगलबार प्रस्तुत गरेपछि आज सभाले पनि सर्वसम्मतबाट पारित गरेको छ । 

प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सकम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  मुख्यमन्त्री लालबाबु राउतले सभामा प्रस्ताव लिएर आएका थिए ।

यसैगरी बुधबार नै सामाजिक विकास मन्त्री नवल किशोर साह बाल बालिकाको हक अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था व्यवस्था गर्न बनेको विधेयक २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइएको छ भन्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले पेश गरेका प्रदेश २ को वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रदेश सभामा टेबल गरिएको छ । 

३ बजे बस्ने भनिएको बैठक झण्ड १ घण्टा ढिलो सुरु भएको थियो । प्रदेशसभाको अर्को बैठक बिहीबार दिनको ३ बजे बस्ने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्