जापानले बनायो उड्ने कार, ३ मिटरमाथि उडान भर्दै सफल परीक्षण



एजेन्सी : जापानको इलेक्ट्रोनिक्स कम्पनी एनईसी कर्पले निर्माण गरेको उड्न सक्ने कार पहिलो पटक प्रदर्शन गरिएको छ। परीक्षणका क्रममा उक्त कार ३ मिटर उचाईसम्म उड्न सफल भएको थियो।

करीब एक मिनेटसम्म उक्त कार हावामा एउटै स्थानमा स्थिर अवस्थामा रहेको थियो। ड्रोन जस्तै देखिने यो कार एक ठूलो मेसिन जस्तै लाग्छ। यसमा चारवटा पंखा लगाइएको छ। एनईसीले सुरक्षालाई ध्यानमा राख्दै यो कारको परीक्षण चारै तिर जालीले घेरिएको पिन्जडा जस्तो स्थानमा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्