बैंकका सञ्चालक दिपेन्द्र यादव जनकपुरमै, प्रहरी भन्छ, ‘समयमा पक्राउ गर्न नसक्दा शंका लागेको होला’



काठमाडौं : बैंकमा धितो राखेको जग्गा बेचेर फरार रहेका सहयोगी विकास बैंक जनकपुर शाखाका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादव अझै फरार छन् । 

धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसक्दा समेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । 

यता पीडित पक्षले भने प्रहरीकै मिलेमतोमा यादव फरार भएको बताएका छन् । 

बैंकमा धितो राखेको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा अदालतले सदस्य यादवलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियो । जनकपुरधाम उपमहानगरपालिका १० बस्ने लालबाबु रौनियार करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा सोही बैंकमा धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

उनले बैंकको ऋण चुक्त गरिसकेका छन् । साथै उनले सो जग्गा फिर्ता लिन बैंकलाई करिब ७३ लाख रुयैयाँ भुक्तानी समेत गरिसकेका छन् । तर, उनले अहिलेसम्म जग्गा फिर्ता पाएका छैन ।  

बैंकबाट जग्गा फिर्ता नहुने भएपछि रोनियारले बैंकमा धितो राखेको जग्गा दिलाइदिनका लागि  अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दा दायर भएको लामो समयपछि मात्रै अदालतले जालसाजी तथा ठगी गरेको अभियोगमा यादवलाई समात्नका लागि पक्राउ पुर्जी जारी गरेको हो । 

यता पीडित रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा बेचिएको थिए । पीडित रौनियारले पटक–पटक बैंकमा गएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बैंकले बेवास्ता गर्दै आएपछि उनले अदालतमा मुद्दा दिएका थिए ।

यता पीडित पक्षको आग्रहमा द नेपालटपले जनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीसँगको फोन सम्पर्क गर्दा यादव प्रहरीको सरक्षणमा रहेको कुरा गलत भएको बताए । 

उनले भने, ‘अदालतले पक्राउ पुर्जी जारी गरिसके पछि प्रहरीले सरक्षण गर्ने कुरा हुँदैन । हामी यस विषयमा सक्रियका साथ लागेका छौ । पीडित पक्षलाई प्रहरीले समयमा पक्राउ गर्न सक्दा प्रहरीले नै सरक्षण गरेको छ कि भन्ने शंका लागेको भन्नु भएको होला । त्यो हुन सक्दैन ।’

त्यस्तो केही छ भने पीडित पक्षलाई भेट्न पठाइदिन भन्दै उनले भने, ‘पीडित व्यक्तिको बारेमा केही थाहा हुँदैन । उहाँहरुलाई मलाई भेट्न पठाइ दिनुस् । बाँकी कुरा का के हो त्यो कुरा गरौं ला ।’ 

साथै उनले जानकारी चुहावट भएको समेत बताए । तर के जानकारी चुहावट भयो भन्ने बारेमा बताउनु चाएनन् । 

यसैबीच जनकपुर स्रोतले सञ्चालक यादव जनकपुरमै लुकेर बसेको बताएको छ । यादव जनकपुरकै एक गाउँमा रहेको स्रोतले जनाएको छ । 

यसैगरी सहयागी विकास बैंक लिमिटेडले मंगलबार विज्ञप्ति जारी गर्दै लालबाबुर रौनियारले यस बैंकको जनकपुर शाखामा कर्जा कारोबार नै नगरेको बताएको छ । 

बैंकले केही अनलाई मिडियाले यस विषयामा छापेको समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिा लेखिएमा लेखेको छ, जनकपुर महानगरपालिका वडा नं १० बस्ने लालबाबु रौनियाले यस बैंकको जनकपुर शाखाबाट महोत्तरी बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा धितो राखी ऋण लिएको र सो जग्गा फुकुवा गर्न रकम जम्मा गरे तापनि फुकुवा नगरेको भनि यस बैंकको नाम जोडि भिविन्न किसिमका भ्राक तथा तथ्यहिन समाचार प्रकाशन भइरहेको सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्ष भएको छ ।’

लालबाबु रौनियारले यस बैंकबाट कर्जा कारोबार नै नगरेको जानकारी दिँदै बैंकले भनेको छ, ‘कर्जा कारोबार नै नगरेको व्यक्तिले बैंकसँग ऋण कारोबार गरी ५० लाख कर्जा लिएको र उक्त ऋण चुक्ता गर्न ७६ लाख जम्मा गरेको र सो रकम जम्मा गर्दा पनि बैंकले धिता फुकुवा नगरी जग्गा बिक्री गरेको भनि बैंकको नाम जोडिएको छ’ विज्ञप्तिामा लेखिएको छ, ‘दिपेन्द्र यादव यस संस्थाका सञ्चालक मात्र हुन्, यादवले व्यक्तिगत रुपमा रौनियारसँग कुनै कारोबार ।गरेको भए सो निजको व्यक्तिगत स्वतन्त्रताको विषय भएको र उक्त व्यक्तिगत कारोबारमा बैंकको कुनै संलग्नता नरहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’

के जनकपुरको प्रहरी प्रशासन कमजोर नै छ त ? जनकपुरमै लुकेर बसेको व्यक्तिलाई पक्राउ गर्न नसक्दा प्रहरीमाथि प्रश्न नै उठ्न थालेको छ । पछिलो समय आमनागरिकको प्रहरीमाथिको विश्वास घट्दै गएको छ । के प्रहरीले गरिब र धनी छुट्याउँदै कारबाही गर्न थालेको हो त ? यदि हो भने गरिबले न्यायका लागिका जाने ? 

 

प्रतिक्रिया दिनुहोस्