सुर्खेत जीप दुर्घटना मृत्यु अपडेट : मृतक व्यक्तिको पहिचान खुल्यो



सुर्खेत । बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको छ।

मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन्। उनको घटना स्थलमै मृत्यु भएको थियो। साथै घाइते हुनेमा अछामको तर्माखाद–२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका–२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका–२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका–२ कैलालीकी सरस्वती विष्ट रहेका छन्।

वीरेन्द्रनगर नगरपालिका१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिल्लो मोडमा दुर्घटनामा परेको थियो। बा१झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिब २० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्