खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ ।

एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले खेलाडीलाई ससम्मान प्रशिक्षणमा बोलाउने निर्णय गरेको अध्यक्ष पंकज नेम्वाङले जानकारी दिएका छन ।

यस्तै, प्रशिक्षकको विषयमा छानबिन समितिको प्रतिवेदन र कतार फुटबल एसोसिएसन लगायतसँग आवश्यक छलफलका आधारमा निर्णय लिइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्