सुनको मूल्य आज दुई सय रुपैयाँले बढ्यो



काठमाडौं । सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घटदो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्