दाङमा आज भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह



दाङ । दाङमा आज भारी वर्षा मापन गरिएको छ । कोइलाबास र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भई बहने स-साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले नदीतटीय र डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्