विराटनगरमा प्रहरी कार्यालय नजिकै रहेका दुई पसलमा चोरी  



मोरङ : बुधबार राति विराटनगरको दुई वटा पसल चोरी भएको छ । विराटनगर महानगरपालिका र वडा प्रहरी कार्यालय नजिकै रहेको पञ्चकन्या ट्रेडलिङ्क र  गणनायक मार्केटिङ हाउसमा चोरी भएको हो । 

पञ्चकन्या ट्रेडलिङ्कबाट ४ लाख चोरी भएको र  गणनायक मार्केटिङ हाउसबाट ५० हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताए ।

विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन्  । डीएसपी खिउजुका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्