जिम्बाब्वेका एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा



एजेन्सी : जिम्बाब्वेको एक तिहाइ जनसंख्या भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार झण्डै ५० लाख मानिसलाई खाद्यान्नको जरुरी छ । जिम्बाब्वे सुक्खा, चक्रवात र आर्थिक संकटको सामना गरिरहेको छ ।

विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी) ले ३३ दशमलव १ करोड डलर मद्दतको अपिल गरेको छ । पानीको स्तर तल जाँदा जिम्बाब्वेको कारिबा इलाकामा रहेको मुख्य ’पनबिजली प्लान्ट’मा पनि असर पुगेका जनाइएको छ ।

पछिल्लो हप्ता अर्थमन्त्री म्थुली नक्यूबले सरकारले गएको जनवरीदेखि ग्रामीण र शहरका झण्डै ७ लाख ५७ हजार मानिसहरुलाई अन्न र अनाज प्रदान गरिरहेको बताए । नोभेम्बर २०१७ मा लामो समयसम्म शासन गर्दै आएका रोबर्ट मुगाबेले छोडेपछि राष्ट्रपति बनेका एमर्सन मांगाग्वाले गएको मंगलबार देशमा सुक्खापन देखिएपछि राष्ट्रिय आपतकालको घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्