सुनको मूल्यको नयाँ रेकर्ड, अहिलेसम्मकै महंगो



काठमाडौँ ;दैनिक जसो बढेको सुनको मूल्यले आज रेकर्ड तोड्दै नयाँ कीर्तिमानी कायम गरेको छ । सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरू यति बेला सुनतर्फ आकर्षित भएका छन् ।

अन्य क्षेत्रको लगानी राम्रो हुने नदेखिएपछि लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी ८ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्