नेपाली कप्तानको छलाङ : क्रिकेट वरीयतामा पारस खड्का धोनी र गेलभन्दा अगाडि



काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ठूलो फड्को मारेका छन् । 

खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टी-ट्वान्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए।

९० अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरीयता हो । कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेलभन्दा अघि छन् । 

Image result for क्रिकेट वरीयता

उक्त वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि छन्।

यसैगरी टी-ट्वान्टी ब्याटिङ वरीयतामा पारस ६६औं स्थानमा उक्लिएका छन्। टी-ट्वान्टी ब्याटिङ वरीयतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पारसभन्दा एक स्थान पछाडि छन्। 

यसैगरी टी-ट्वान्टी बलिङ वरीयतामा नेपालका अनुभवी बलर वसन्त रेग्मी ७१औं र सोमपाल कामी ७८औं स्थानमा छन् । टी-ट्वान्टी टिम वरीयतामा भने नेपाली टोली ११औं स्थानमा छ।  

प्रतिक्रिया दिनुहोस्