भारतको स्वतन्त्रता दिवसको दिन पाकिस्तानले कालो दिनको रुपमा मनाउने 



काठमाडौं : भारतको स्वतन्त्रता दिवसको दिन पाकिस्तानले कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतको स्वतन्त्रता दिवस अर्थात अगस्ट १५ लाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको हो । साथै पाकिस्तानको स्वतन्त्रता दिवस अगस्ट १४ का दिन कश्मिरीका साथ एकता प्रदर्शन गर्ने समेत बैठकले निर्णय गरेको छ । 

Prime Minister Imran Khan chaired a meeting of NSC at Prime Minister’s Office. Committee discussed situation arising out of unilateral & illegal actions by Indian govt, situation inside Indian Occupied J&K and along LOC.

The Committee decided to take following actions: pic.twitter.com/2wVySU4IxP

— Govt of Pakistan (@pid_gov) August 7, 2019

गत सोमबार भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट बनेको छ । 

यसअघि बालाकोट हवाई आक्रमण भएपछि दुई देशबीच द्वन्द्व बढ्दै गएको छ । 

यता पाकिस्तानले भारतसँगको कूटनीतिक सम्बन्ध सिमित गर्ने तथा द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरिसकेको छ । 

पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले बैठकपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘बैठकमा कश्मीरको स्वायत्तताका विषयमा भारत सरकारका तर्फबाट एकतर्फी तथा गैरकानुनी रुपमा गरिएको घोषणाको विषयमा छलफल भयो ।’

सो बैठकमा प्रधानमन्त्री खानसहित विदेश मन्त्री, रक्षा मन्त्री, गृह मन्त्री तथा सेना र गुप्तचर नियकाका अधिकारी सामेल थिए ।

यसैगरी जम्मू–कश्मीर तथा नियन्त्रण रेखाको अवस्था बारे पनि बैठकमा छलफल भएको जनाइएको छ । साथै भारतसँगको राजनीतिक सम्बन्ध सिमित गर्ने र व्यापार सम्बन्धी निलम्बित गर्ने निर्णय लिएको हो ।

पाकिस्तानले दिल्लीमा रहेका आफ्ना राजदूतलाई चाँडै फिर्ता बोलाउने, इस्लामावादमा रहेका भारतीय राजदूतलाई पनि चाँडै फिर्ता पठाउने सरकारी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानले कश्मीरको विषय संयुक्त राष्ट्रसंघ तथा राष्ट्रसंघीय सुरक्षा परिषदमा उठाउने निर्णय समेत गरेको छ ।

प्रधानमन्त्री इमरान खानले मानवअधिकार उल्लंघनका सम्बन्धमा भारतविरुद्ध सबै कूटनीतिक सम्बन्धहरुको प्रयोग गर्न निर्देशन दिएको पनि जनाइएको छ । प्रधानमन्त्री खानले सेनालाई सतर्क रहन आग्रह गरेको छ । 

यता पाकिस्तानले भारतीय विमान तथा भारत आउने विमानका लागि आफ्नो एक हवाई मार्ग  बन्द गरेको निर्णय समेत गरेको छ ।

यसभन्दा अगाडि गत फेब्रुअरी २६ मा पनि पाकिस्ताले आफ्नो सबै हवाई क्षेत्र बन्द गरिदिएको थियो । गत जुलाई १६ मा भने पाकिस्तानले पुनः आफ्नो हवाई रुट प्रयोग गर्न खुला गरिदिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्