यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टिमको प्रशिक्षण सुरु



काठमाडौं : एसीसी यू–१९ एसिया कपका लागि नेपाली क्रिकेट टिमले प्रशिक्षण सुरु गरेको छ। श्रीलंकामा आयोजना हुने एसिया कपका लागि नेपालले प्रशिक्षण सुरु गरेको हो। प्रतियोगिताका लागि १ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा प्रशिक्षक विनोद दासले काठमाडौंमा उपलब्ध खेलाडी समेटेर अनौपचारिक प्रशिक्षण सुरु गरेका हुन्।

unn.prixa.net

बिहीबार त्रिवि क्रिकेट मैदानमा प्रशिक्षणको पहिलो दिन १६ जना खेलाडी उपस्थित भएका थिए। प्रतियोगिता आगामी सेप्टेम्बर ३ देखि १५ सम्म आयोजना हुनेछ। एसिया कपमा भारतसँगै नेपाल, श्रीलंका, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, कुवेत र युएई गरि आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्