१३६ किलो तौलकी र्‍यापर लिजोको घरबाहिर प्रशंसकको लाइन



एजेन्सी । अमेरिकाकी र्‍यापर एवं गायिका लिजोको शरीरको तौल १ सय ३६ किलो रहेको छ ।

उनी अमेरिकाको म्युजिक उद्योगको ठूला कलाकारहरू मध्ये एक हुन् । उनी आफ्ना गीतसँगै शरीरमा सकारात्मकता फैलाउनका लागि परिचित छिन् । लिजो धेरैजसो आफ्नो शरीरको तौलका कारण चर्चाको विषय बन्ने गर्छिन् । लिजोलाई आफ्नो शरीरको तौलले कुनै पनि असर नपर्ने बताउछिन् । लिजो शाकाहारी हुन् , दैनिक व्यायाम पनि गर्छिन् र उनी स्वस्थ जीवनशौलीमा बाँचिरहेकी छिन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै उनले भनेकी छिन्, ‘हामी सबैलाई थाहा छ म मोटी छु, म मोटी हुदाँ मलाई कुनै असर परेको छैन, मलाई म मोटी भएको नै मन पर्छ, राम्री पनि छु र म स्वस्थ पनि छु । त्यसैले यो सबै कुरालाई छोडिडिउँ ’ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लिजो मात्रै नभएर अरुले पनि लिजोको शरीरलाई मन पराएका छन । अमेरिकाको ठूला पुरुष कलाकारहरू पनि लिजोको घर बाहिर आएर उनलाई हेर्न र कुराकानी गर्न लाइनमा बस्ने गर्दछन् । गत वर्ष लिजोले सामाजिक सञ्जालमा आफ्ना केही तस्वीरहरू सार्वजनिक गरेकी थिइन् । ती तस्वीरलाई सबैले तारिफ गरेका थिए । उनका प्रशंसकको त घरवाहिर भीड नै लाग्ने गरेको छ ।

आज पनि लिजोलाई आफूप्रति उतिकै आत्मविश्वास छ । उनी भन्छिन्, ‘मलाई लाग्छ मेरो शरीर निकै हट छ, एक आइकन पनि हुँ । म यस कुरालाई हरेक दिन अपनाइरहेको छु । मेरो आत्मविश्वास नै मेरो सौन्दर्य हो ।’

प्रतिक्रिया दिनुहोस्