एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय : चीन



काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने नेपालको निर्णयको प्रशंसा गरेको छ । बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनियाँ बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका छन ।

उनले एसपीपीलाई लिएर नेपालमा व्यापक विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको बताए ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताए । नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्