धान-चामलको आयात तथा निकासी



  • डा. सुमनकुमार रेग्मी

काठमाडौं । हरेक वर्ष १५ असारमा राष्ट्रिय धान दिवस मनाइँदै आएको छ । नेपालको धान–चामलको कुरा गर्दा झल्याँस्स चामल आयातको कुरा गरिहालिन्छ। आर्थिक वर्ष २०७५/०७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान थियो।

२०७५/०७६ मा मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन यतिले बढ्ने अनुमान गरियो। पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर रहेको छ। आ.व. २०७१/०७२ मा करिब २५ अर्ब रूपैयाँको चामल आयात भएको देखिन्छ। तर, धानको उत्पादनले कुल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धान उत्पादनमा आधारित छ भन्ने गरिन्छ।

सन् १९८० को दशकसम्म नेपालले चामल निर्यात गर्ने गरेको भए तापनि हालका वर्षमा अर्थात् २०७८/०७९ तिर पनि अर्बाैं रूपैयाँको चामल आयात हुँदै आएको छ। २०७४/०७५ मा झन्डै २० देखि २४ अर्ब रूपैयाँको चामल आयात भएको थियो। २०७५/०७६ को ४ महिनामा नै १२ अर्ब रूपैयाँ बढीको चामल आयात भएको थियो। करिब ४ लाख मेट्रिक टन बढी उत्पादनले आयात घट्ने देखिँदैन।

धान खेतको संरक्षण तथा आधुनिक र दिगो खेती प्रणालीले मात्र माग धान्ने गरी उत्पादन बढाउन सकिन्छ। विगत केही वर्षअघिदेखि लगातार चामल, धान र धानका बिउ आयात बढ्दै गएको छ। आ.व. २०७८/०७९ चैतसम्ममा धानको बिउ मात्र २४ करोड ८३ लाख ६९ हजार रूपैयाँ बराबरको कुल १६ लाख ९९ हजार ७८९ किलो आयात भएको छ। तर, २०७८/०७९ को अघिल्लो ७ महिनामा नेपालमा १३ अर्ब रूपैयाँको धान आयात भएको देखिन्छ।

यही अवधिमा भारतबाट ३ करोड २१ लाख ५२ हजार रूपैयाँ बराबरका ११ लाख ३ किलो विभिन्न जातका धानका बिउ आयात भएको छ। २०७८ चैत मसान्तसम्म १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार रूपैयाँ बराबरको ३७ करोड २० लाख ८७ हजार ४११ किलो सेमी पोलिस चामल आयात भएको छ। यसैगरी २०७८ चैतसम्म पोलिस नगरिएको ४ अर्ब ४९ करोड ६३ लाख ९५ हजार रूपैयाँ बराबरको ६ करोड ३ लाख ५८ हजार ४५३ किलो चामल आयात भएको छ। २०७८/०७९ को चैतसम्म ६० अर्ब रूपैयाँका खाद्यान्न आयात भएको छ । यस्तो अवस्थामा जुनेलोसमेत किनेर ल्याउनुपर्ने भएको छ।

नेपालको कुल कृषियोग्य भूमिमध्ये ७ प्रतिशत मात्र खेतीयोग्य जमिन बाँझो रहेको छ। देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ। जीडीपीमा कृषिको योगदान २७ प्रतिशत बराबर रहेको छ । यस्तो अवस्थामा अत्यधिक रूपमा खाद्यान्न आयात भइरहेको छ। २०७८/०७९ को ९ महिनामा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार रूपैयाँको सामान आयात भएको छ।

२०७८/०७९ मा चैतसम्म १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार रूपैयाँ बराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ किलो धान आयात भएको छ । त्यसबाट सरकारले ७५ करोड ४ लाख रूपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ। २०७८/०७९ मा २०७७/०७८ माभन्दा ५ लाख मेट्रिक टन कमको धान उत्पादन भएको छ। यद्यपि, २०७८/०७९ मा मौसम अनुकूल हुँदा पनि आ.व. २०७८/०७९ मा धान उत्पादन घटेको छ।

२०७८/०७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र उत्पादन भएको देखिन्छ। तर, २०७७/०७८ मा ५६ लाख २१ ह्जार ७१० मेट्रिक टन धान उत्पादन भएको यियो। २०७७/०७८ भन्दा २०७८/०७९ मा ४ लाख ९१ हजार मेट्रिक टन कम धान उत्पादन भएको देखिन्छ।

२०७७/०७८ को तुलनामा धान बाली लगाइएको क्षेत्रफल करिब ४ हजार हेक्टरको वृद्धि भए पनि उत्पादकत्व ९ दशमलब ०९ प्रतिशतले कमी आई उत्पादकत्व ३ दशमलब ४७ मेट्रिक टन प्रतिहेक्टरमा सीमित हुन पुगेको बताइन्छ। २०७७/०७८ को तुलनामा २०७८/०७९ मा गण्डकी प्रदेशमा बाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ। २०७७/०७८ को तुलनामा सुदूरपश्चिम प्रदेशमा ३१ दशमलब ४९ र लुम्बीनी प्रदेशमा १८ दशमलब ३८ प्रतिशतले उत्पादन घटेको हो ।

चैते धानको उत्पादन भने २०७७/०७८ को तुलनामा ० दशमलब ३३ प्रतिशतले वृद्धि भई ४ दशमलब ६८ मेट्रिक टन प्रतिहेक्टर पुगेको देखिन्छ। प्रत्येक वर्षको असार मध्यमा देशमा राष्ट्रिय धान दिवस मनाउन थालेको १८ वर्ष पुग्न आँटेको छ। मूलतः धानको औसत उत्पादकत्व विश्वमै निकै कम ३ दशमलब ५ मेट्रिक टन प्रतिहेक्टर रहेको अनुमान छ।

एफएओका अनुसार सन् २०१८ मा विश्वमा धानको उत्पादकत्व ४ दशमलब ७ टन प्रतिहेक्टर रह्यो। आ.व. २०७५/०७६ मा धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढ्ने अनुमान थियो। २०७५/०७६ मा मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन यतिले बढ्ने अनुमान गरिएको छ। पछिल्ला वर्षमा कुल खेतीयोग्य जमिनको क्षेत्रफल ३० लाख ९१ हजार हेक्टर छ।

धान–चामल खेती तथा उत्पादन
२०७५/०७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको छ । २०७४/०७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन चामल उत्पादन भएको थियो । २०७४/०७५ भन्दा ९ प्रतिशतले धान उत्पादन बढेको छ।

२०७४/०७५ मा धानको उत्पादकत्व ३ दशमलब ५ प्रतिशत रहेकामा २०७५/०७६ मा उत्पादकत्व ३ दशमलब ६९ प्रतिशत रहको छ। नेपालमा आ.व. २०७४/०७५ मा १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ भएको थियो । सो धान रोपाइँ भएकामा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो । आ.व. २०७३/०७४ मा नेपालमा १५ लाख ५२ हजार ४९६ हेक्टरमा धान रोपाइँ भएकामा ५२ लाख ३० हजार ३२७ मेट्रिक टन उत्पादन भएको थियो।

आ.व. २०७२/०७३ मा १३ लाख ६२ हजार ९०८ हेक्टर जमिनमा धान खेती भएकामा सो वर्ष ४२ लाख ९९ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको थियो । कुल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धान खेती गर्ने गरिन्छ। नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर रही आएको छ। आ.व. २०७५/०७६ मा धानको उत्पादन बढ्यो। आ.व. २०६२/०६३ देखि २०७२/०७३ सम्मको ११ वर्षमा २ वर्ष मात्र ५० लाख टन धान उत्पादन भएको थियो।

२०७२/०७३ देखि २०७५/०७६ सम्म धानको उत्पादन बढेको देखिन्छ। २०७५/०७६ मा २०७४/०७५ भन्दा ४ लाख १२ हजार मेट्रिक टन बढी उत्पादन भएको थियो । यो उत्पादन देशको मागभन्दा अझै झन्डै १० लाख मेट्रिक टन कम हो। धान खेतको क्षेत्रफल कम हुँदै गएको भनिन्छ। २०७५/०७६ मा बेलैमा वर्षा भएको तथा मलको वितरण पनि आवश्यकताअनुसार समयमै हुन सकेकाले उत्पादन बढेको बताइन्छ।

विश्वमा १०० भन्दा बढी देशहरूले १५ करोड ८० लाख हेक्टरभन्दा बढी जग्गामा धानको खेती गरी करिब ७० करोड टन धान उत्पादन गर्छन् । त्यसपश्चात् उता धानबाट विश्वमा करिब ४७ करोड टन चामल उत्पादन हुने गर्छ। नेपालको उत्तरी र दक्षिणी देश चीन र भारत विश्वकै सबभन्दा बढी धान उत्पादन गर्ने देश हुन्। आ.व. २०७२/०७३ मा नेपालमा १३ लाख ६२ हजार ९०८ हेक्टरमा धान खेती भई ४२ लाख ९९ हजार ७८ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने ३ हजार १५४ किलो प्रतिहेक्टर रहेको थियो।

नेपालमा धान उत्पादन सन् २०६८/०६९ देखि २०७२/०७३ सम्म क्रमशः करिब ५० लाख, ४५ लाख, ५० लाख, ४७ लाख र ४२ लाख मेट्रिक टन भएको देखिन्छ। त्यस्तै, गरी नेपालमा धान खेती भएको जग्गा सन् २०६८/०६९ देखि २०७२/०७३ सम्म क्रमशः करिब १५ लाख, १४ लाख, १४ लाख, १४ लाख र १३ लाख हेक्टर रहेको देखिन्छ। मौसमी अनुकूलताले आ.व. २०६७/०६८ मा नेपालमा ४४ लाख मेट्रिक टन धान फलेको थियो। तर, २०६६/०६७ मा ४० लाख मेट्रिक टन मात्र उत्पादन भएको थियो।

हरेक वर्षमा नेपालको चामलको माग करिब ३२ लाख मेट्रिक टनजति रहेको छ भने आन्तरीक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको भनिन्छ। यस्तो अपुगका लागि बर्सेनि २५ अर्ब रूपैयाँभन्दा बढी रकम विदेशिने गरेको छ। हाम्रो मागअनुसार ६ अर्ब रूपैयाँभन्दा बढीको चामल उत्पादनमा पर्याप्तको अवस्थामा पुग्न हामी आफैँ सक्षम छौँ तर चाहेको जस्तो भइरहेको छैन। कर्णालीमा २०७३/०७४ मा ४० वर्षयताकै बढी खडेरी परेकाले खाद्यान्न उत्पादन न्यून रहेको थियो ।

नेपालमा धान खेती भएका मुख्य तराई तथा पहाडी जिल्लाहरूमा स्याङ्जा, मकवानपुर, रूपन्देही, पर्सा, चितवन, कपिलवस्तु, झापा, मोरङ, सप्तरी, सिरहा, सुनसरी, बाँके, ताप्लेजुङ, सोलुखुम्बू, सङ्खुवासभा, पाँचथर, इलाम, भोजपुर, धनकुटा, कैलाली, कंचनपुरलगायतका जिल्लाहरू पर्छन् । कुनै वर्ष समयमा वर्षा हुने र कुनै वर्ष समयमा वर्षा हुने गरेको देखिन्छ । कृषकहरू समयमा वर्ष भएको वर्ष राम्रो हुने आशामा धमाधम रोपाइँ गरिरहेका हुन्छन् ।

कुनै वर्ष बेलैमा पानी पर्न गएमा त्यस वर्ष रोपाइँको चटारो पर्ने गरेको हुन्छ। जनसङ्ख्याको बढ्दो चापका कारण नेपालले सन् २०३० सम्ममा धानको उत्पादन १६ प्रतिशतसम्म वृद्धि गर्न भएकाले पछिल्लो समय वृद्धि भएको जनसङ्ख्याका दरअनुसार चामलको माग ६५० मेट्रिक टन हुने भन्दै उक्त अवधिसम्म नेपालमा हालका वर्षमा भइरहेको धान उत्पादनलाई १६ प्रतिशत बढाउनुपर्ने सरकारी आँकडा छ।

नेपालको मुख्य खाद्यान्न बालीको रूपमा रहेको धानको उत्पादनले अर्थतन्त्रलाई नै प्रभाव पार्न देखिएका बेला धानको उत्पादनलाई ४० प्रतिशतसम्म पुर्‍याउन सके नेपालले चामल निर्यात पुनः गर्न सक्नेसमेत भनिएको छ। कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्नमा ५५ प्रतिशत धान बालीको योगदान रहेको छ । हरेक वर्ष ११ प्रतिशतले धान उत्पादन वृद्धि हुँदा नेपालको गार्हस्थ्य उत्पादन १ प्रतिशतले बढ्ने गरेको देखिन्छ ।

सरकारले हरेक वर्ष कार्यक्रममा नै धानको समर्थन मूल्य निर्धारण गर्ने नीति अघि सारिएको थियो। स्मरण गराइन्छ कि २०७० सालदेखि धानको समर्थन मूल्य तोक्ने तयारी भए पनि सो गरिएको थिएन। सरकारले धानको समर्थन मूल्य निर्धारण गर्न नसकेपछि नेपालका सीमा क्षेत्रमा भएका धान सीमापारि भारतीय व्यापारीहरूले खरिद गरी सहजै लैजाने गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्