जन्मदिन छ भन्दै बाेलाएर भाइटीकाकाे रात सामूहिक बलात्कार



सिरहा : लहानमा बर्थ डे पार्टीमा बोलाएर १५ वर्षीया किशोरीको र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । भाइटीकाको रात घटना भएको हो ।

 

इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले बलात्कारमा संलग्न सात जनामध्ये तीन जनाको पहिचान भइसकेको बताए । 

 

प्रहरीले नाम सार्वजनिक गरेका आरोपमध्ये लहान नगरपालिका ११ का २३ बर्से हरि चौधरी, २१ बर्से अनिल चौधरी र अर्का २१ बर्से सुनील चौधरी छन् । पीडित दुवै जनाले दिएको बयानमा हरि चौधरीले आफ्नो जन्मदिन भएको बताएका थिए । 

 

दुई जनाले मोटरसाइकलले घरबाट लहान लिएर गएको र कोठामा केही समयपछि अरु पनि आएका र आफूहरुमाथि जबर्जस्ती गरेको पीडितले बताएका छन् ।

 

लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ । बलात्कार घटनामा संलग्न सातै जना फरार छन् । फरार सबैको विशेष प्रहरी परिचालन गरी तीव्र खोजी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्