रोबोटलाई बनाइयो ट्राफिक प्रहरी (भिडियो)



एजेन्सी : चीनको उत्तरी प्रान्त हेबेईको हानदान सहरमा सवारी व्यवस्थापनका लागि रोबोट राखिएको छ। रोबोट ट्राफिक प्रहरीहरू कृत्रिम बौद्धिकता जडान गरिएका एन्ड्रोइड हुन्। चीनमा पहिलोपटक यसरी रोबोट प्रहरी नियुक्त गरिएको हो।

तीन किसिमका रोबोटिक प्रहरीहरू तैनाथ गरिएका छन् । एकथरीले गस्ती गर्छ, अर्कोले सूचना दिन्छ अनि अर्कोले सवारी दुर्घटनालाई डील गर्छ, हान्दान ट्राफिक प्रहरीले बतायो। ती सबै रोबोटमा इन्जिनियरहरूले अनुहार चिन्नका लागि क्यामरा जडान गरेका छन्। 

भिडियो : 

 

प्रतिक्रिया दिनुहोस्