सेयर लगानीकर्ता कोइरालाले तोडे १० दिनपछि अनसन



काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले १० दिनपछि अनसन तोडेका छन् । विभिन्न १९ बुँदे माग राख्दै आमरण अनसन बसेका कोइरालाले आज नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

आफूले राखेका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता धितोपत्र बोर्डले व्यक्त गरेपछि उनले अनसन तोडेका हुन् । अनसन तोडेपछि कोइरालाले आफूले राखेका १९ वटै माग सम्बोधन भएको भन्दै नेपालका सबै लगानीकर्ताको जित भएको बताएका छन् ।

अब लगानीकर्ताले कहिल्यै आन्दोलन गर्नु नपर्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्