कम्युनिस्ट पार्टीले विदेशी सामु घुँडा टेक्दैन : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने दाबी समेत गरेका छन् । अध्यक्ष नेपालले अगाडी भने ‘कम्युनिस्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ, विदेशी सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा पनि टेक्दैन, त्यस्तो पार्टी हामीले बनाउन खोजेका हौ’।

साथै पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको अध्यक्ष नेपालको भनाई रहेको छ । ‘उनले अगाडी भने पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’

प्रतिक्रिया दिनुहोस्