भारत–पाकिस्तानबीच बढ्दो विवाद : मलाला युसुफजाईले दिइन् यस्तो प्रतिक्रिया 



काठमाडौं : गत सोमबार भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० हटाएको विषयलाई पाकिस्तानमा विरोधको आवाज उठिरहेको छ । 

दुई देशबीच बढ्दै भएको विवादका बीच पाकिस्तानी नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले आफ्नो धारणा सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेकी छिन् । 

उनले ट्वीट गर्दै भनेकी छिन्, ‘कस्मिरका मानिस यो संघर्षमा तबदेखि बाँचिरहेका छन् । जब म बच्ची थिएँ । जब मेरा आमा–बुबा बच्चा थिए र मेरा हजुरबा–हजुरआमा जवान थिए ।’

उनले आफू कस्मिरका महिला र बच्चाको जीवनप्रति चिन्तित रहेको बताएकी छन् । साथै उनले कस्मिरको शान्तिका लागि अन्तर्राष्ट्रिय समुदायसामू अपिलसमेत गरेकी छन् । साथै उनले कस्मिर र पाकिस्तानी जनताका लागि शान्तिको कामना समेत गरेकी छन् ।

उनको यस ट्वीटमा हजारौँ मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्