डिबाला यो सिजन क्लबमै रहने



काठमाडौं : युभेन्टसले आफ्ना फर्वाड खेलाडी पाउलो डिबालालाई यो सिजन क्लबमै राख्ने भएको छ।

युरोपियन खेलाडी सरुवाको आज अन्तिम दिन युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि सरुवा बजारमा सामेल थिए। तर, कुरा नमिलेपछि युभेन्टसले यो सिजनमा नबेच्ने भन्दै उनलाई क्लबमै राख्ने निर्णय गरेको हो।

२५ बर्षीय युवा खेलाडीलाई इंग्लिस क्लब टोटनह्यामले लिने तयारी गरेपनि युभेन्टसले अन्तिममा नबेच्ने घोषणा गरेपछि यो सिजनमा उनी युभेन्ट्समै रहने भएका हुन्। सन् २०१५ मा डिबाला युभेन्टसमा आबद्ध भएका थिए।

उनलाई युभेन्टसले २३ मिलियन पाउण्डमा पालेर्मोबाट भित्र्याएको थियो। उनले गएको सिजनमा इटालीयन सिरी ए मा १० गोल गरेका थिए। अहिले युभेन्टसको मुख्य प्रशिक्षकमा चेल्सीका पूर्व प्रशिक्षक माउरिझियो सारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्