एमाले जनप्रतिनिधिले गरे पोखरा नगरसभा बहिष्कार



पोखरा । पोखरा महानगरले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ । सभागृहमा केहीबेरअघि सुरु भएको सभामा एमालेका सदस्यहरुले विरोध गरे । ४ बजे बैठक सुरु भएपछि एमाले उठेर विरोध जनाएको थियो ।

दलको नेता राधिका शाहीले रातो किताब बजेट अघि नै आएको बिरोध जनाइन् । त्यसपछि नाराबाजी सुरु भयो । ञबजेट निर्माणमा हामीसँग छलफल र समन्वय भएको छैन,झ उनले भनिन्, ञरातो किताब कसरी आयो आजै रुझ

उनले बैठक चल्न नदिने बताएपछि स्थगित भएको छ । मेयर धनराज आचार्यले भने रातो किताब नभई ड्राफ्ट मात्र बनाएको बताए । ञयो रातो किताब हैन, ड्राफ्ट हो । छलफल पछि मात्र पास हुन्छ,झ उनले भने ।

शाहीले रातो किताब च्यातिदिएकी छिन् । अहिले सभागृह अगाडि नाराबाजी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्