जनकपुरधामले ल्यायो १ अर्ब ८० करोडको बजेट



जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट विनियोजन गरेको छ ।

जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा उपमहानगरले चालु तर्फ ५९।४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुजिगत तर्फ ४०।६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

आन्तरिक श्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय बजेट खर्च व्यहोर्नका लागि रकम उपर गरिने छ ।

उपमहानगरले विभिन्न शिर्षकमा खर्च गर्नका लागि विभिन्न समितिहरु बनाएर बजेट विनियोजन गरेको छ । आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन विकास समितिका लागि ५ करोड र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्