पाकिस्तानले रोक्यो दिल्ली जाने रेल, भारत तनावमा



एजेन्सी : पाकिस्तानको इमरान सरकारले कश्मीरबाट अनुच्छेद ३७० हटाएपछि बुधवार भारतसँगको द्विपक्षीय व्यापार बन्द गर्ने निर्णय गर्‍यो। भारत सरकारले बिहीबार पाकिस्तानको निर्णयमा आपत्ति जनायो।

भारतीय विदेश मन्त्रालयले यसलाई एकपक्षीय निर्णय भन्यो। भारतले यो निर्णयको पाकिस्तानले समीक्षा गर्नुपर्ने जिकिर गरेको छ। तर भारतको यो अपिलका बावजुद पाकिस्तानले समझौता एक्सप्रेस रेललाई बन्द गरिदिएको छ।

पाकिस्तानकाे यो निर्णयलाई लिएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो नजिकको छिमेकीको भूमिकाबारे झन् ठूलो प्रश्न उठेको दाबी गरे। 'हाम्रा लागि मुख्य समस्या भनेको साथी बदल्न सक्छौँ, तर छिमेकी होइन।

उदाहरणका लागि हाम्रो नजिकैको छिमेकीलाई हेर्नुस्। ईश्वर कृपया ! यस्तो छिमेकी कसैलाई पनि नमिलोस्।' अटारीस्थित स्टेशन मास्टरका अनुसार सम्झौता एक्सप्रेसका लागि रेलको इन्जिन पाकिस्तानका लागि छुटेको छ। उनले सेवा बन्द नभएको दाबीग गरे।

तर पाकिस्तानका ड्राइभर र गार्डले भारत आउन मानेका छैनन्। 'यसैले उनीहरुले भारतबाट चालक दल र गार्ड पठाउन भनेका छन्', उनले भनेका छन्, 'अब हाम्रा ड्राइभर र गार्ड इन्जिनसहित पाकिस्तान गएर रेललाई अटारी ल्याउनेछन्।'

जीओ न्युजले प्रधानमन्त्री इमरान खानका विशेष सूचना सल्लाहकार फिरदौस आशिक अवानलाई उद्धृत गर्दै पाकिस्तानमा भारतीय फिल्म प्रदर्शनमा पनि रोक लगाएको समाचार लेखेको छ।  भारतीय विदेश मन्त्रालयले पाकिस्तानले भारतसँगको द्विपक्षीय सम्बन्धलाई लिएर एकतर्फी निर्णय गरेको जनाएको छ।

'हामीसँगको राजनीतिक सम्बन्ध समाप्त गर्ने निर्णयबारे पाकिस्तानले समीक्षा गर्नुपर्छ', भारतीय विदेश मन्त्रालयले भनेको छ, 'पाकिस्तानले समीक्षा गरेर भारतसँगको राजनीतिक सम्बन्ध सामान्य बनाउनुपर्छ।'

धारा ३७० हटेपछि पाकिस्तानको तर्फबाट यस किसिमको नकारात्मक प्रतिक्रिया अप्रत्याशित भने थिएन। भारतले सीमपार भइरहने आतंकवाद गलत नरहेको कुरा पुष्टि गर्न पनि मौका खोजेको दाबी भारतले गरेको छ।

भारतीय उच्चायुक्त फर्किँदै भारतीय विदेश मन्त्रालयले अनुच्छेद ३७० सँग सम्बन्धित घटनाक्रम पूर्णरुपमा भारतको आन्तरिक मामिला भएको जिकिर गरेको छ। भारतले अहिलेको अवस्था भड्काएर आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने कोशिश पनि सफल नहुने दाबी गरेको छ।

पाक प्रधानमन्त्री इमरान खानले बुधवार राष्ट्रिय सुरक्षा समिति (एनसीसी) मार्फत् भारतीय उच्चायुक्त अजय बिसारियालाई फिर्ता पठाउने निर्णय गरिसकेका छन्। शिमला सम्झौतापछि सन् १९७६ मा सम्झौता एक्सप्रेस चल्न शुरू भएको थियो।

त्यो बेला यो अमृतसरदेखि लाहौरसम्म चल्थ्यो। पछि अटारीबाट लाहौरसम्म चलाइयो। अहिले यो पुरानो दिल्ली रेलवे स्टेशनबाट बुधवार र रविवार लाहौरसम्म जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस्