एक लाख नगद, ५ को चेक र कागजपत्र सहित भेटाएको बेवारिसे झोला फिर्ता गरे



कैलाली : बझाङको जयपृथ्वी नगरपालीका मेयर बिरेन्द्र खड्काले १ लाख नगद, ५ लाख बढीको चेक र अत्यावश्यक कागजपत्रसहित सडकमा बेवारिसे भेटाएको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । 

बझाङबाट धनगढी आउने क्रममा जयपृथवी राजमार्ग अन्तर्गत बैतडीको शिगास गाउपालिकाको मुस्याखान जंगल क्षेत्रको सडकमा भेटिएको १ लाख नगदसहित बसन्त बोहराको नाममा काटिएको ५ लाख ४० हजारको चेक र बसन्त बोहराकै अत्याआवश्यक कागजपत्र बुधबार धनगढीमा फिर्ता गरेका हुन् ।

मेयर खड्काले आज (बिहीबार) बिहान नगद रकम र चेकसहितको झोला बोहरालाई फिर्ता गरिदिएको बताए । झोलामा भेटिएको नागरिताका आधारमा बसन्त बोहरालाई सम्पर्क गरि सबै समान बोहरालाई फिर्ता गरेको मेयर खड्काले बताए । 

बझाङ्गको बुङगल नगरपालीका ११ का बसन्त बोहराले धनगढीबाट बझाङ्ग जादै गर्दा ट्रयाक्टरबाट झोला खसेको उनले बताए ।

बिन्द्रा वन पुगेपछि झोला हराएको जानकारी आफुलाई भएको बोहराको भनाई छ । बोहराले भने, ‘धनगढीबाट टेक्टरमा बझाङ जादै थियौ । मैले टेक्टर चलाएको थिए । झोला खसेको रहेछ । थाहा भएन । बिन्द्रा वन पुगेपछि झोला हराएको थाहाँ भयो ।’

घरमा फोन आएपछि झोला भेटिएको जानकारी पाए । नगद, शैक्षिक प्रमाण पत्र, नागरिता सहितको झोला फिर्ता पाएकोमा खुशी व्यक्त गर्दै उनले मेयर खड्कालाई धन्यवाद दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्