कसरी बिलाए गाडीहरू ? (भिडियो)



एजेन्सी : व्यस्त सडकमा गुडिरहेका गाडीहरू अचानक बिलाएको भिडियो ट्विटरमा शेयर गरिएपछि मानिसहरू छक्क परेका छन्। बेलायतका डेनिएल डच नामक व्यक्तिले शेयर गरेको भिडियोमा कार र बाइकहरू सडकमा गुडिरहेको देखिन्छ।

ती गाडीहरू देब्रेतिर मोडिन्छन् अनि नदीमाथिको पुल जस्तो ठाउँमा बिलाउँछन्। डेनियलले भिडियो पोस्ट गर्दै लेखे, ‘हो, गाडी स्वाट्टै बिलाउँछ।’ यो पोस्टले दुई लाखभन्दा बढी भ्युज पाइसकेको छ अनि हजारौं रिट्वीट र कमेन्ट आएको छ। मानिसहरू यसलाई बर्मुडा ट्रायंगल भनिरहेका छन्।

तर अन्यले चाहिँ यो दृष्टिभ्रम मात्र भएको र भिडियो माथिको एक कोणबाट खिचिएको बताए। नदी र पुल जस्तो देखिएको कुरा वास्तवमा फोहरी छतमा राखिएको एउटा लेज सडकमाथि देखिएको हो भन्ने प्रयोगकर्ता पनि भेटिए।

प्रतिक्रिया दिनुहोस्