पाेखराका ठाउँठाउमा पहिराे र डुबान, प्रभावितलाई सुरक्षित स्थानमा सारियो



पाेखरा ।  अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुबानमा परेको छ। शनिबार बिहानै पाेखरा २५ सुईखेतमा डेढ सय घर डुबेका छन्। पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ। त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए।

बस्तीसँगै व्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ। यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ। मानवीय क्षति भने भएकाे छैन। अन्य क्षेत्रका पनि सडक बगाएको छ। यातायात अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्