मूल्यवृद्धि नियन्त्रण नगरे मन्त्रीलाई जनकारबाही गरिने : एकीकृत माओवादी



काठमाडौं । नेकपा (एकीकृत माओवादी)ले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने घोषणा गरेको छ ।

शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर एकीकृत माओवादीले मन्त्रीहरूसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृत्रिम अभाव सिर्जना गर्ने बिचौलिया, भ्रष्टाचारीलाई जनकारबाही घोषणा गरेको हो ।

एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महँगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरू आफूहरूले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसद्बाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै, आफ्नो पार्टीसहितको चौतर्फी विरोधका कारण सरकार एसपीपीबाट सरकार पछि हटेको बताउँदै विरोध मत्थर भएपछि पुनः लागु गर्न सक्ने भन्दै खबरदारी राखी राख्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । उसले जनतालाई खबरदारीमा उत्रिन अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्