जनचाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्छ : मन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन ।

गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।”

ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाएका छन । उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरे । मन्त्री भुसालले भने, “जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।”

त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीको भन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्