चेस ओलम्पियाडका लागि खेलाडी छनोट



काठमाडौं । ४४ औ चेस ओलम्पियाडमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ । शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् ।

मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका विवेक थीङ स्वत: छनोट भइसकेका छन ।

यसैगरी, महिला तर्फ कृत्तीसरा अधिकारी, अनिसा न्यौपाने, बिनिता कपाली र शान्ती धिमाल छनोट भए । कृत्तीसराले ५.५ , अनिसा र बिनिताले ५ तथा शान्तीले ४.५ अंक हात पारे । राष्ट्रिय च्याम्पियन तथा शिर्ष बरियताकी सुना लोहनी स्वत छनोट भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्