जेससलाई २ महिना प्रतिबन्ध



एजेन्सी : ब्राजिलियन फुटबलर गाब्रियल जेससलाई अन्तर्राष्ट्रिय फुटबलबाट २ महिनाको प्रतिबन्ध लगाइएको छ। गत महिना कोपा अमेरिकाको फाइनलअन्तर्गत पेरुविरुद्धको खेलमा फरवार्ड जेससले रातो कार्ड पाएका थिए।

ब्राजिलले ३–१ गोलले खेल जितेर उपाधि कब्जा गरेको उक्त खेलमा जेससले रेफ्री रोबार्टो तोबरसँग विवाद गरेका थिए। इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड जेससले कार्ड पाएर मैदान छाडेपछि पानीको बोतललाई किक हानेका थिए भने भिएआरको मोनिटरलाई धकेलेका थिए।

दक्षिण अमेरिकी फुटबल उनलाई ३० हजार डलर जारिबाना गरेको छ भने अपीलका लागि ७ दिनको समय दिएको छ। प्रतिबन्धसँगै उनले आगामी सप्टेम्बरमा कोलम्बिया र पेरुविरुद्धको मैत्रीपूर्ण खेल गुमाउनेछन्।

प्रतिक्रिया दिनुहोस्