एकीकृत समाजवादीले गठबन्धका लागि सबै दलसँग छलफल गर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनमा गठबन्धनका लागि छलफल खुला राख्ने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले पाँच दलीय गठबन्धनलाई उच्च प्राथमिकता राख्ने तर कसैको शरणमा नपर्ने निर्णय गरेको हो । बैठकले देशभक्त र वामपन्थीबीच सहकार्यको सम्भावना कायम रहेको निष्कर्ष पनि निकालेको छ ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले आगामी दिनमा पार्टीको भूमिका अझै बढ्ने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिएका छन । स्थानीय निर्वाचनमा अझै धेरै सिटमा उम्मेदवारी दिएको भए पार्टीको मत सङ्ख्या बढ्ने पार्टीले समीक्षा गरेको बताएका छन । उनले कलम चुनाव चिन्ह वरिपरि जनता गोलबद्ध हुन आतुर रहेको पनि बैठकको निष्कर्ष रहेको जिकिर गरे ।

महासचिव बेदुराम भुसालले सञ्चालन गरेको आजको बैठकमा अध्यक्ष माधव नेपालले पार्टीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सम्मानित नेता झलनाथ खनालले पनि धारणा राखेका थिए ।

प्रतिवेदनमा आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिकोबारे चर्चा गर्नुका साथै स्थानीय निर्वाचनमा पार्टीले प्राप्त गरेका उपलब्धि, कमीकमजोरी र अबको सम्भावनाबारे प्रतिवेदनले औँल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्