मन्त्री फेरबदलमा एकीकृत समाजवादीले अब ढिला नगर्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले मन्त्रीमण्डल परिर्वतनका लागि आफ्नो पार्टीले अब पर्खेर नबस्ने बताएका छन । पार्टी केन्द्रीय कमिटीको बैठकपछि बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

‘मन्त्रीमण्डलका सम्वन्धमा अब प्रधानमन्त्री शेरबहादु देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पर्खेर नबस्ने निर्णय भएको छ,’ उनले भने, ‘अब पनि पर्खने हो भने अपमान सम्झनुपर्ने हुन्छ ।’

एकीकृत समाजवादीले हाल कायम रहेका मन्त्रीहरु परिर्वतनका लागि यसअघि नै पत्र पठाएको थियो । तर प्रधानमन्त्री देउवाले बजेट छलफल चलिरहेकाले जवाफ दिने समय उपलव्ध गराउनुपर्ने भन्दै रोकेका थिए । प्रतिनिधि सभाबाट अब बजेटसमेत पारित भएकाले आफूहरुको निर्णय कार्यान्वयन हुनुपर्ने शर्त एकीकृत समाजवादीले राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्