चाहेको खण्डमा अहिले पनि सरकारमा पुग्न सक्छौं : एमाले महासचिव



काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले आफूहरूले चाहे अहिले पनि सरकारमा पुग्न सक्ने दाबी गरेका छन ।

पार्टीनिकट मुस्लिम इत्तेहाद संगठनको कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धनमा रहेका स्वार्थी र अवसरवादीसँग मिल्ने हो भने, सरकारमा सजिलै पुग्न सकिने बताएका हुन् ।

‘सरकारमा पुग्नलाई अहिले पनि गठबन्धनका अवसरवादी स्वार्थीहरूसँग सौदाबाजी गर्ने हो भने सरकारमा पुग्न सकिन्छ,’ उनले भने,‘तर देश बन्छ की बन्दैन ? पछाडि पारिएका समुदायहरू माथि उठ्छन् कि उठ्दैनन् ?’

सरकार बनाउनु मात्र ठूलो कुरा नभएको बताउँदै महासचिव पोखरेलले देश बनाउनु ठूलो कुरा रहेको बताए । यस्तै एमालेले गठबन्धनबाट देश नबन्ने निष्कर्ष निकालेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्