भारतविरुद्ध सैनिक विकल्पबारे ध्यान नदिएको पाकिस्तानको भनाइ



एजेन्सी : जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने भारतीय संविधानको धारा ३७० र ३५ ए खारेज गरी जम्मू कश्मीरलाई केन्द्र प्रशासित दुई राज्यमा विभाजन गर्ने भारत सरकारको निर्णयविरुद्ध ‘सैनिक विकल्प’ प्रति पाकिस्तानले ध्यान नदिएको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन्।

पाकिस्तानी विदेशमन्त्री शाह महदुम कुरेशीले राजधानी इस्लामावादमा पत्रकार सम्मेलन गर्दै भारतविरुद्ध सैनिक कदम चाल्न पाकिस्तान तयार नभएको जनाएका हुन्। यद्यपि उनले भारतको कुनै किसिमको सैनिक आक्रमकताको जवाफ दिन भने पाकिस्तान तयार रहेको जनाएका छन्।

कश्मीरबारे भारतीय निर्णयप्रति पाकिस्तानले विभिन्न कदमहरु चालिरहेका बेला पाकिस्तानी विदेशमन्त्रीले सैनिक कदमका लागि खुला नरहेको जनाएका हुन्। भारत र पाकिस्तानबीच कश्मीरको सार्वभौमिकतालाई लिएर विवाद छ। दुई मुलुकबीच कश्मीरकै विवादलाई लिएर दुई पटक युद्ध भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्