कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा, बिहान ९ बजेसम्म सतर्कता अपनाउन सुझाव



काठमाडौं । मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । गएराति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षामापन गरिएको छ।

आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्