बेल अमेरिकी क्लबमा अनुबन्ध



काठमाडौं । फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका छन्। वेल्सका ३२ वर्षीय कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए।

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्